दार्चुला अपडेट : मृत्यु हुने चारै जना विद्यार्थीकाे सनाखत



दार्चुला : विद्यालय बन्द रहेका बेला मंगलबार दिउँसो खेल्ने क्रममा स्ल्याब भासिएपछि सेफ्टी ट्यांकीमा परेर ज्यान गुमाएका विद्यार्थीहरुकाे पहिचान भएकाे छ। 

उक्त दुर्घटनामा चार जनाकाे मृ‌त्यु भएकाे थियाे। मृत्यु हुनेमा अन्दाजी पाँच वर्षीया बालिका युनिका ठगुन्ना, ८ वर्षीया निरुता ठगुन्ना,१० वर्षीया अनुष्का धामी र ९ वर्षका सुदिश धामी रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

पानी परिरहेकाले उनीहरुको शव सेफ्टी ट्याङकीबाट निकाल्न कठिनाइ भएको प्रहरीले जनाएको छ।   

प्रतिक्रिया दिनुहोस्