‘भारतले लिपुलेक-लिम्पियाधुरामा सडक बनाउँदा पनि बोल्न सकेन गठबन्धन सरकार’



काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महसचिव शंकर पोखरेलले गठबन्धन सरकार राष्ट्रियताको विषयमा बोल्न नसकेको बताएका छन् ।

एमाले सुनसरीद्वारा आयोजित अगुवा कार्यकर्ता भेला तथा बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधान गर्दै पोखरेलले भारतले नेपाली सीमाममै आएर सडक बनाउँदा समेत गठबन्धन सरकार बोल्न नसकेको आरोप लगाएका हुन् । साथै उनले राष्ट्रियता विषयमा बोल्ने एकमात्रै पार्टी एमाले भएको समेत बताएका छन् ।

पोखरेलले स्वार्थको गठबन्धनलाई अब जनताले आगामी निर्वाचनबाट देखाउने समेत बताएका छन् । रेल र पानीजहाज लगायत ठूला आयोजनालाई मजाकको बिषय बनाइएको उनले बताए । भारतले नाकाबन्दी गर्दा ओलीले डटेर सामाना गरेको दाबी गर्दै नयाँ नक्सा सार्वजनिक गर्ने बेलामा संविधान संशोधन समेत गराएको उल्लेख गरेका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले पार्टी विभाजन गर्ने प्रयास गरेकै कारणले केपी शर्मा ओलीले संसद विघटन गरेको पोखरेलको भनाइ थियो । साथै उनले प्रचण्डले आफ्नो स्वार्थको लागि १७ हजारको बलिदान दिएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्