कपिलवस्तुको कृष्णनगर नगरपालिकाका मेयर शाह कांग्रेस प्रवेश



कपिलवस्तु : कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाह नेपाली कांग्रेस प्रवेश गरेका छन।

कपिलवस्तुमा आज आयोजित एक कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापती अमरसिंह पुन र प्रतिनिधिसभा सदस्य एवं कांग्रेस नेता अभिषेक प्रताप शाहले नगरप्रमुख शाहलाई पार्टी प्रवेश गराएका हुन्।

मेयर शाह सयौं कार्यकर्तासहित नेपाली कांग्रेस प्रवेश गरेको नेपाली कांग्रेस कपिलवस्तुले जनाएको छ। शाहसंगै केही वडा अध्यक्षहरु पनि प्रवेश गरेको बताइएको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा शाह स्वतन्त्र उम्मेदवार बनेर कृष्णनगर नगरपालिकाको नगरप्रमुख पदमा विजयी भएका थिए। शाहको कांग्रेस प्रवेशले जिल्लामा पार्टीको संगठन थप मजबुत हुने नेता अभिषेक प्रताप शाहले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्