९ लाख बढीले जिते कोरोना : आज ४ हजार ७७१ जना निको



काठमाडौँ : नेपालमा कोरोनामुक्त हुनेको संख्या ९ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७७१ जना सङ्क्रमणमुक्त भएका हुन् । यो सँगै नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ९ लाख ६३९ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९३.३ प्रतिशत रहेको छ ।

यस्तै आज देशभर थप १ हजार ७१४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।  मन्त्रालयका अनुसार ८ हजार ५१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ११०३ र एन्टिजेन विधिबाट ६११ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

कोभिड-१९ को सङ्क्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । हालसम्म देशभर ११ हजार ८०३ जनाको मृत्यु भइसकेको छ । यस्तै  हाल देशभर ५२ हजार ७८० जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्