मादा हात्तीले गरिन् आफ्नो मृत बच्चाको ‘अन्तिम संस्कार’



यतिखेर सामाजिक सन्जालमा एउटा भिडियो भाइरल बनेको छ । भिडियोमा एक मादा हात्ती बच्चा हात्तीलाई सुडमा बेरेर जंगलबाट बाहिर निस्केर सडक पार गर्छिन् । अनि त्यो बच्चालाई सडक पारी लगेर बिसाउँछिन् ।

त्यसपछि हात्तीको बथान उनको पछिपछि आउँछ । उनी फेरि त्यो मृत बच्चा हात्तीलाई उसैगरी सुडमा बेर्छिन् र सडक पारीको जंगलमा जान्छिन् । मृत बच्चा हात्तीलाई बिसाउँछिन् ।

त्यसपछि सबै हात्तीले त्यो मृत बच्चा हात्तीलाई पालैपालो सुघ्छन् । अनि फेरो हाल्छन् । भारतीय वन अधिकारी प्रवीन कासवानले खिचेको उक्त भिडियो यतिखेर भाइरल बनेको छ ।

ती वन अधिकारीका अनुसार यो दृश्य असामान्य होइन, किनकि हात्तीहरु आफ्नो परिवारसँग यसरी जोडिएका हुन्छन् कि, कुनै सदस्य मर्दा यसैगरी अन्तिम संस्कार गर्छन् । 

प्रतिक्रिया दिनुहोस्