एमालेका बहुमत पदाधिकारी एकीकृत समाजवादीमा



राजविराज । नेकपा एमालेको सप्तरी जिल्ला कार्यसमितिका बहुमत पदाधिकारीले नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेकका छन् । सोमबार राजविराजमा आयोजित कार्यक्रममा एमालेका बहुमत कार्यसमिति सदस्यले एकीकृत समाजवादीमा प्रवेश गरे ।
७३ सदस्यीय जिल्ला कार्यसमितिमध्ये ४६ जनाले एकीकृत समाजवादीमा प्रवेश गरेकोे जिल्ला अध्यक्ष गोविन्द न्यौपानेले जानकारी दिए ।
तत्कालीन एमालेका जिल्ला अध्यक्ष न्यौपाने, सचिव शम्भु यादव, सहसचिव प्रतापनारायण चौधरीसहितका पदाधिकारी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्