फेरि अर्को मौसम प्रणाली विकास हुन्छः मौसमविद्



काठमाडौँ । केहि दिनयतादेखि प्रभावित भएको मौसम अर्को प्रणालीमा विकास हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आशनिवाररातिदेखि क्रमिक सुधार हुँदै जाने भएपनि बुधबार बिहीबारदेखि अर्को मौसम प्रणाली विकास हुने संभावना हरेको विभागका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिएकी छिन् ।

उनले आइतकारदेखि मौसममा सुधार हुने र बुधबार बिहीबारदेखि मौसमको अर्को प्रणालीमा विकास हुने संभावना रहेको बताइन् ।

विभागका अनुसार राति प्रदेश नं.१, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराईका भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल प्रदेश नं.१, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको छ। आइतबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले औंल्याएको छ।

प्रतिक्रिया दिनुहोस्