भारतमा विश्वकै दोस्रो अग्लो मूर्तिको उद्घाटन



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैष्णव सम्प्रदायका सन्त स्वामी रामानुजाचार्यको २१६ फिट अग्लो सुनौलो मूर्तिको उद्घाटन गरेका छन् ।
हैदरावादमा स्थापित यस प्रतिमालाई ‘स्ट्याच्यु अफ इक्वालिटी’ अर्थात समानताको मूर्ति नाम दिइएको छ ।
अब यो विश्वकै दोस्रो ठूलो मूर्ति भएको छ । यस मूर्तिसँगै भारत सरकारले १०८ विशाल मन्दिर पनि बनाएको छ ।
ती मन्दिरमा कालिगढले गरेको मिहिनेत देख्दा जोकोहीलाई मोहित बनाउँछ । यो मूर्तिसँगै १२० केजी सुन प्रयोग गरेर आचार्यको एक सानो मूर्ति पनि बनाइएको छ ।
यस परियोजनामा भारतले १४ अर्बभन्दा धेरै भारतीय रुपैयाँ खर्च गरेको छ । यो खर्च उत्तर प्रदेशको अयोध्यामा अघि बढिरहेको राम मन्दिरका लागि गर्न लागिएको ११ अर्ब भारतीय रुपैयाँ भन्दा पनि धेरै हो ।
वैष्णव सम्प्रदायका सन्त चिन्ना जियर स्वामीको देखरेखमा यो परियोजना तयार भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्