आईपीएल : राजस्थानमाथि हैदरावादको सहज जित



काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वान्टी–२० क्रिकेटमा सनराइजर्स हैदरावाद विजयी भएको छ। गएराति सम्पन्न खेलमा हैदरावादले राजस्थान रोयल्सलाई ७ विकेट हराएको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राजस्थानले दिएको १६५ रनको लक्ष्य हैदरावादले १८ ओभर ३ बलमा पूरा गर्‍यो । हैदरावादका लागि जसन रय र केन विलियमसनले अर्धशतकीय पारी खेले ।

४२ बल खेलेका रयले आठ चौका र एक छक्का प्रहार गरे । त्यस्तै, ४१ बल खेलेका विलियमसनले पाँच चौका र एक छक्का प्रहार गरे। हैदरावादका लागि अभिर्षक शर्माले २१ रन जोडे । बलिङतर्फ राजस्थानका लागि चेतन साकारिया, महिपाल लोमर र मुस्तफिजुर रहमानले समान एक/एक विकेट लिए । यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो । राजस्थानका लागि कप्तान सन्जु श्यामसनले ८२ रनको अर्धशतकीय पारी खेले ।

५७ बल खेलेका उनले सात चौका र तीन छक्का प्रहार गरे । त्यस्तै, योजश्वी जैशवालले ३६ रन बनाउँदा माहिपाल लोमारले २९ रनको योगदान गरे । बलिङतर्फ हैदरावादका लागि सिद्धार्थ कौलले दुई विकेट लिए । सन्दीप शर्मा, भुवनेश्वर कुमार र राशिद खानले समान एक/एक विकेट लिए । तालिकाको पुछारमा रहेकाे हैदरावादले याे जितसँगै १० खेलबाट ४ अंक जोडेकाे छ ।

प्रतिक्रिया दिनुहोस्