आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना



काठमाडौँ : बंगालको खाडीमा बनेको गुलाब नामको चक्रवातले भारतमा प्रत्यक्ष प्रभाव परे पनि नेपालमा खासै असर नपरेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण भारी वर्षाको सम्भावना न्युन रहेको मौसविद्ले बताएका छन् ।

“असोज ८ गते बंगालको खाडीमा गहिरो न्यून चापीय क्षेत्र बन्न सुरु भएर ९ गते बनेको गुलाब नामक शक्तिशाली चक्रवात आश्विन १० गते उडिसाको जमिनमा अवतरण भई हाल न्यून चापिय क्षेत्रको रुपमा पश्चिमतर्फ अगाडि बढिरहेको छ,” विभागले भनेको छ, “यसको अप्रत्यक्ष परिधीय असरका कारण नेपालमा आंशिकदेखि सामान्य बदलीको अवस्था हुन सक्ने तर भारी वर्षा हुने संभावमा भने न्यून छ ।”

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेकाे छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्