स्थानीय चुनावको मिति भोलि घोषणा हुन्छ : संचारमन्त्री कार्की



काठमाडौं : संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार (भोलि) बस्ने मन्त्रिपिरषद् बैठकबाट स्थानीय तहको निर्वाचन घोषणा हुने बताएका छन् ।

निर्वाचनको मिति घोषणामा सरकारले आलटाल गरिरहेको भन्दै आलोचना भइरहेका बेला मन्त्री कार्कीले मिति घोषणमा सरकार प्रतिबद्ध रहेको बताए ।

‘भोलि मन्त्रिपरिषद्को बैठक बसेर जेठ ४ गने चुनाव गर्न निर्णय गरिन्छु मन्त्री कार्कीले भने,’अहिले मिति घोषणाको सम्बन्धमा जुन किसिमको कुरा गरिदैँछ यसमा कुनै किसिमको द्वविधामा नरहन म सबैमा आग्रह गर्दछु ।’

निर्वाचन आयोगले सिफारिस गरेको मितिमा चुनाव सम्पन्न गर्ने कार्कीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्