ल्यान्डिङ गियरमा समस्या देखिएको भनिएको बुद्धको जहाज आज बिहानैबाट संचालन



काठमाडौँ : सोमबार बिहान काठमाडौँको आकाशमा दुई घण्टासम्म फनफनी घुमेको बुद्ध एयरको जहाज आज बिहानैबाट सञ्चालनमा आएको छ । ल्यान्डिङ गियरमा समस्या देखिएको भनिएको बुद्ध एयरको ९ एन–एएनआई कलसाइन जहाजले बिहानैबाट उडान थालेको हो । उक्त जहाज अवतरण भएपछि बुद्ध एअरका इन्जिनियर र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकले चेकजाँच गरेका थिए ।

निरीक्षणपछि जहाजमा कुनै पनि प्राविधिक गडबडी नरहेको बुद्ध एयरको प्राविधिक टोलीले जनाएको छ। बुद्ध एयरको सो विमान सोमबार बिहानै काठमाडौंबाट विराटनगरतर्फ उडेको थियो । तर, विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको थियो । विमान अवतरण हुन लाग्दा प्राविधिक समस्या देखिएको थियो । विमानमा बालबालिकासहित ७३ जना यात्रु सवार थिए । मंगलबार सवा १० बजे ल्यान्ड गरिएको उक्त विमान २४ घण्टा नपुग्दै पुनः उडान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्