अपांगता केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण तथा ब्ल्यांकेट वितरण



काठमाडौँ । यूथ फर नेशनले खगेन्द्र नवजीवन केन्द्र जोरपार्टीमा निःशुल्क स्वास्थ्य शिविर तथा ब्ल्यांकेट वितरण गरेको छ।

केन्द्रमा रहेका ८२ जना अपांगता भएका व्यक्तिको आइतबार स्वास्थ्य परीक्षणपछि बल्यांकेट वितरण गरिएको हो। डाक्टर्स होमसँगको सहकार्यमा स्वास्थ्य परीक्षण पश्चात् औषधिसमेत निःशुल्क वितरण गरिएको यूथ फर नेशनका अध्यक्ष डा.निकोलश भुसालले जानकारी दिए।

केन्द्रका ३० जनाले दन्त १२ जनाले विभिन्न किसिमका घाउ र पाँच जनाले कानको परीक्षण गराएका छन्। ३५ जनाको श्वासप्रश्वास तथा हाडजोर्नी सम्बन्धी रोगको परीक्षण गरिएको छ। स्वास्थ्य परीक्षणकै क्रममा अपांगता केन्द्रमा मनोसामाजिक परामर्शसमेत दिइएको थियो।

प्रतिक्रिया दिनुहोस्