काठमाडौंबाट नेपालगञ्ज उडेको बुद्ध एयरको विमान भैरहवामा डाइभर्ट



काठमाडौं : काठमाडौंबाट नेपालगञ्ज उडेको बुद्ध एयरको विमान भैरहवामा डाइभर्ट भएको छ । 

बुधबार बिहान भारतबाट नेपाल प्रवेश गरेको हावाहुरीले पश्चिम क्षेत्रको आन्तरिक उडान अवतरण प्रभावित भएको छ । विमान नेपालगन्ज विमानस्थलमा अवतरण गर्न नसकेपछि भैरहवा डाइभर्ट भएको हो ।

हावाहुरीका कारण करिब आधा घण्टा विमानस्थल पूर्णरुपमा बन्द भएको नेपालगन्ज विमानस्थले जनाएको थियो । अहिले भने अवस्था सामान्य भइसकेको विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले जनाकारी दिए ।

हावाहुरीका कारण भैरहवा डाइभर्ट भएको बुद्धको विमान जहाज नेपालगन्जका लागि फिर्ता हुने क्रममा रहेको समेत उनले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्