चन्द्रागिरि जंगलमा हराएका पाँच जनाको उद्धार



काठमाडौँ :  चन्द्रागिरिमा हिउँ खेल्न गई जंगलमा हराएका पाँच जनाको उद्धार गरिएको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेको नेतृत्वमा र विपद् टोली गरी ३७ जनाको टोलीले बालबालिकासहित पाँचजनाको राति १ बजे उद्धार गरेको हो ।

चन्द्रागिरि नगरपालिका ६ का एकै परिवारभित्रका पाँच जना महिला तथा बालबालिका हराएको भनी परिवारले राति ८ बजे प्रहरीले खबर गरेका थिए । त्यसपछि प्रहरीले पाँचघण्टा खोजी गरेपछि उनीहरुको उद्धार गरेको थियो ।

हराईरहेकाहरुमा वर्ष २३ कि रिता गुरुङ, १५ वर्षकी सौभाग्य गुरुङ, १३ को सहज गुरुङ, ११ की जेनिसा गुरुङ र ७ वर्षको एरविन गुरुङ रहेका छन् । उनीहरुलाई राति ३ बजे परिवारको जिम्मा लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्