श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु



दमक :   श्रीमानको कुटाइबाट दमकस्थित भुटानी शरणार्थी शिविरकी एक महिलाको मृत्यु भएको छ । 

दमकस्थित गत बिहीबार १५ गते भुटानी शरणार्थी शिविर वेलडाँगी–२ का २९ वर्षीय फूलमान राईको कुटाइबाट घाइते भएकी मनमायाँ तामाङको उपचारका क्रममा मृत्यु भएको हो। 

 

घरायसी झगडामा कुटपिटबाट गम्भीर घाइते भएकी मनमायाको उपचारका क्रममा विराटनगरस्थित विराट नर्सिङ हस्पिटलमा मृत्युभएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताए। मृतकको विराटनगरमै पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको छ ।

 सो घटनाका सम्बन्धमा प्रहरीले फूलमानविरुद्ध प्रहरीले जिल्ला अदालत झापामा आइतबार कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको दमक प्रहरी प्रमुख डिएसपी श्यामल सुब्बाले जानकारी दिए । 

 

प्रतिक्रिया दिनुहोस्