एमसीसी विरुद्ध जनमोर्चा, वैद्यदेखि विप्लवसम्मको साथ



काठमाडौं : एमसीसीका विरुद्धमा विभिन्न साना वाम दलले विरोध गर्ने भएका छन् । अमेरिकी अनुदान सहायता एमसीसीविरुद्ध राष्ट्रिय जनमोर्चा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र ऋषि कट्टेल नेतृत्वको नेकपाले सङ्घर्षमा उत्रने भएका छन् ।

साथै आहुति नेतृत्वको वैज्ञानिक समाजवादी, कर्णजित बुढाथोकी नेतृत्वको माओवादी केन्द्र समाजवादी, मोहनविक्रम सिंह नेतृत्वको मसाल र सिपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा पनि रहेका छन् ।

आज संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले संघषको कार्यक्रम घोषणा गरेका हुन् । सङ्घर्षको कार्यक्रम अन्तर्गत २५ गते देशैभर कोणसभा, २६ गते उपत्यकामा माइतीघरबाट जुलुससहित संसदभवन अगाडी विरोध प्रदर्शन र देशैभरी बिरोध प्रदर्शन र कोणसभा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्