आठ किलो चरेससहित एक जना पक्राउ



दाङ । ठुलो परिमाणको लागूऔषध सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । दाङको घोराही बसपार्कबाट आठ किलो चरेस सहित रुकुमको चुनवाङका दलबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका विकलाई जिल्ला प्रहरी कार्यालय आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्