टिपरले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकारको मृत्यु



सुर्खेत : सुर्खेतमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। सुर्खेतको भेरीगंगा नगरपालिका–८ स्थित लोखेमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नन्दबहादुर गेलाङको मृत्यु भएको हो।

मृतक नन्दबहादुर सुर्खेतबाट प्रकाशन हुने ‘पहिचान दैनिक’का सम्पादक तथा तथा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सहसचिव थिए। छिन्चुबाट मेहलकुनातर्फ जाँदै गरेका गेलाङको मोटरसाइकललाई रुकुमपश्चिमबाट आइरहेको टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागाईँले बताए।

उनले घटनापछि टिपर चालक फरार रहेको र खोजी कार्य जारी रहेको बताए।

 

प्रतिक्रिया दिनुहोस्