बेलायतबाट आयो ८ लाख खोप



काठमाडौँ । बेलायतले नेपाललाई २१ लाख एस्ट्राजेनिका खोप सहयोग गर्ने भएको छ ।
तीमध्ये ८ लाख डोज खोप सोमबार नेपाल आइपुगेको नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले जानकारी दिइन् ।
उनले सोमबार एक ट्विटमार्फत उक्त जानकारी गराउँदै यस महत्वपूर्ण समयमा आफ्ना जनताको सुरक्षा गर्न नेपाललाई सहयोग गर्न पाउँदा बेलायत खुसी भएको उल्लेख गरेकी छन् ।
उनले खोपले काम गर्ने पनि आफ्नो ट्विटमा उल्लेख गरेकी छन् । ‘खोपले काम गर्छ,’ उनले भनेकी छन् ।

प्रतिक्रिया दिनुहोस्