बझाङमा जिप दुर्घटना, तीन गम्भीर घाइते



बझाङ : बुङ्गल नगरपालिका ९ बाट देउलीकोट स्वास्थ्य चौकीको सामान लगेर देउलीकोट जादै गरेको से १ ज ५९९ नम्बरको जिप दुर्घटनामा परेकाे छ। 

दुर्घटनामा परी तीन जना यात्रु घाइते भएका छन्। घाइते हुनेमा बुगल नगरपालिका ३ का जिपचालक लक्ष्मण धामी, कर्णबहादुर धामी, देउलीकोटका स्वास्थ्य चौकी अहेव नरेन्द्र बोहरा रहेका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीले बताए।

घाइतेहरुलाई थप उपचारका लागि डडेलधुरा उपक्षेत्रीय अस्पतालमा लगिएको डीएसपी केसीले बताए।

प्रतिक्रिया दिनुहोस्