कर्णाली लोकसेवाले माग्यो ३७३ कर्मचारी



सुर्खेत । कर्णाली प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा चौथाे तहका लागि ३७३ जना कर्मचारी स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। सहायक प्रशासन,  प्राविधिक (इन्जिनियरिङ र कृषि), महिला विकास र स्वास्थ्यकरतर्फ कर्मचारी भर्ना गर्न लागिएको हो ।

सहायक प्रशासनमा ६५, प्राविधिक इन्जिनियरिङतर्फका १६८ र महिला विकाससँगै स्वास्थ्यतर्फ १४० सिट छ। खुला, महिला, दलित, आदिवासी जनजाति र मधेसी कोटामा सिट छुट्याइएकाे छ । योग्यता पुगेका उम्मेदवारले नियमित शुल्कमा १६ फागुन र अतिरिक्त शुल्क तिरेर २३ फागुनसम्म दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ। अप्राविधिकको प्रथम पत्र १७ वैशाख, प्राविधिक ६ जेठदेखि २१ जेठसम्म र महिला विकासको ५ जेठमा परीक्षा हुनेछ । 

प्रतिक्रिया दिनुहोस्