साहित्यकार तथा गीतकार स्माइल गजुरेलका मार्मिक दुर्इ गजल



        गजल-१

दलाल छन् बलत्कारी छन् तर सरकार छैन ;

लुटेरा बढ्या बढ्यै छन् तर सरकार छैन ।१।

सत्तामा बस्ने संविधान नमान्ने कस्तो हो यो पारा ;

देशद्रोही जनकपुरमा डन तर सरकार छैन ।२।

अपराधी फौजदारी मुद्दा लागेकाहरु भन्छन् ;

हामी मन्त्री हामीलाई नेता भन तर सरकार छैन ।३।

महंगी छ कुशासन छ शान्तीको अनुभुति छैन ;

न्याय माग्यो मुखमा राख्छ गन तर सरकार छैन ।४।

सीमा मिचिन्छ असहाय थिचिन्छ सुनुवाइ हुँदैन ;

सोच्यो भने जल्न थाल्छ मन तर सरकार छैन ।५।

———————————————

              गजल – २

मन अँध्यारो छ बत्ती मन्दिरमा जलाउँछ मान्छे ;

भाग्य खोजेर अाफ्नै त्यो तक्दिरमा जलाउँछ मान्छे ।१।

शान्ति पैसामा होइन अाफैँ भित्र खोजेर हेरेस;

बाहिर मिल्दैन दुःखको जन्जिरमा जलाउँछ मान्छे ।३।

इर्ष्या गरेर मिल्दैन अात्म सम्मान र मर्यादा ;

किन नजर भित्रको तस्बिरमा जलाउँछ मान्छे ।४।

सेवा नै धर्म हो अाफु भलो त जगत भलो ;

मपाइँ भित्रको रातो अबिरमा जलाउँछ मान्छे ।४।

स्माइल देख्दैछ नयाँ अाधुनिक मानवको चित्र ;

अामा बाबाको अाँशुले आाखिरमा जलाउँछ मान्छे ।५।

प्रतिक्रिया दिनुहोस्