महाभारतका ‘भीम’ प्रवीण कुमारको ७४ वर्षमा निधन



एजेन्सी । बीआर चोपडाको चर्चित टिभी सिरियल महाभारतमा भीमको भूमिका निभाएका प्रवीण कुमार सोबतीको निधन भएको छ । उनको ७४ वर्षको उमेरमा निधन भएको हो । अभिनयका अलावा प्रवीण कुमारले आफ्नो करियरमा खेलकुदमा पनि भाग लिएका थिए । उनी एथलीट पनि थिए ।

प्रवीण कुमार सोबतीले दुई पटक ओलम्पिकमा भारतको प्रतिनिधित्व गरेका थिए। उनले एसियाली र कमनवेल्थ गेम्समा देशका लागि धेरै स्वर्ण र रजत पदक जितेका थिए। खेलकुदमा गरेको योगदानका लागि उनलाई सन् १९६७ मा अर्जुन पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्