कदम नसच्याए सभामुखविरुद्ध महाअभियोग प्रस्ताव दर्ता हुनसक्छ : बस्नेत



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता हुन सक्ने बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता बस्नेतले सभामुखले आफ्नो कदम नसच्याए महाअभियोग ल्याउन सक्ने एउटा परिस्थिति सिर्जना हुन सक्ने बताएका हुन् ।

उनले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउनका लागि आफूहरू १०० सांसद जुनसुकै बेला हस्ताक्षर गर्न तयार रहेको उल्लेख गरे । सभामुखले सदनमा अभिभावकीय भूमिका निर्वाह गर्न सक्नुपर्नेमा उनले जोड दिएका छन् ।

उनले सबैको दबाबका कारण सरकारले वैशाखमा नै स्थानीय तहको निर्वाचन गर्ने गरी मिति घोषणा गरेको भन्दै यसलाई सफल बनाउनुपर्ने बताएका छन् । सरकार र सत्तापक्षले धारणापछि मात्रै एमालेले अमेरिकी अनुदानसम्बन्धी सम्झौता ९एमसीसी०का बारेमा धारणा तय गर्ने उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्