बारा भ्रमणबारे उपप्रधानमन्त्रीको विज्ञप्ति, खेल मैदानमा हेलिकप्टर अवतरणबारे स्पष्टिकरण



काठमाडौं : उपप्रधानमन्त्री ईश्वर पोखरेल सम्बन्धित जिल्लाका सुरक्षा निकाय तथा प्रशासन प्रमुखको समन्वयमै शनिबार बाराका कार्यक्रममा सहभागी भएको उनको सचिवालयले स्पष्ट गरेको छ । 

रक्षामन्त्री पोखरेल शनिबार नेपाली सेनाको ‘प्रतिविद्रोेह तथा जङ्गल वारफे्यर शिक्षालय’ बारा (अमलेखगञ्ज)मा निरीक्षणका लागि गएका थिए । त्यहाँको निरीक्षणपछि उनले बारा सदरमुकाम कलैयास्थित जिल्ला प्रशासन कार्यालयमा सुरक्षा निकाय तथा विभिन्न सरकारी कार्यालयका प्रमुखसँग जानकारी लिई आवश्यक निर्देशन दिएको उनको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

उनी सवार हेलिकप्टर कहाँ अवतरण गर्ने/गराउने, त्यहाँ पूर्वनिर्धारित कुन कार्यक्रम थियो भन्ने विषय त्यहाँकै जानकारी तथा जिम्मेवारीको विषय भएको उनका प्रेस संयोजक लोकेन्द्र केसीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्