पृथ्वीको वायुमण्डलमा प्रवेश गर्यो नेपालको पहिलो स्याटेलाइट



काठमाडौं । अन्तरिक्षमा २ वर्ष ३ महिना पूरा गरेर नेपालको पहिलो स्याटेलाइट ‘नेपाली स्याट–१’ सोमबार खसेको छ ।
मिसनभन्दा २१ महिनाबढी अन्तरिक्षमा रहेर नेपाली स्याटेलाइट सोमबार पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको हो ।
नेपाली स्याट–१ अन्तरिक्षबाट पृथ्वीको अर्बिटमा सोमबार अपरान्ह ४ बजेर २६ मिनेटमा प्रवेश गरेको नेपाली स्याट मिसनका प्रमुख आभास मास्केले जानकारी दिए ।
नेपाली स्याटेलाइटले अन्तरिक्षमा रहँदा १३ हजार ४५६ फन्को लगाएको स्याटेलाइटका अर्का निर्माणकर्ता हरिराम श्रेष्ठले जानकारी दिए ।
२०७६ साल असार २ गते अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट नेपाली स्याट–१ सहित श्रीलंकाको राभाना–१ र जापानको इगिसु स्याटेलाइट एकसाथ पृथ्वीको तल्लो कक्ष(अर्बिट)मा छाडिएको थियो ।
बर्डस–३ मिसन अन्तर्गत यी स्याटेलाइट जापानको क्युटेक विश्वविद्यालयमा निर्माण गरेर अमेरिकाबाट २०७६ साल वैशाख ५ गते अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र(आईएसएस)मा पठाइएको थियो ।
आईएसएसमा पुगेको दुई महिनापछि ३ वटा स्याटेलाइट एकैसाथ अन्तरिक्षमा छाडिएका थिए ।

प्रतिक्रिया दिनुहोस्