काम नगर्ने ठेकेदारमाथि अख्तियारको आँखा



कैलाली : काम नगर्ने ठेकेदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही थाल्ने भएको छ । आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेले लामो समयसम्म ठेक्का सम्झौता गरि काम नगर्ने ठेकेदारका बिषयमा आयोग जानकार रहेको भन्दै त्यस्तालाई कारबाहीको दायरामा ल्याउने बताएका हुन् ।

 

धनगढीमा आयोजना गरिएको भ्रष्टाचार नियन्त्रण र शुसासन प्रवद्र्धन सम्बन्धि अन्तक्र्रियामा बोल्दै उनले स्थानीय तहसम्म आयोगको संगठन विस्तारका विषयमा अर्थ मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिए । 

गैरसरकारी संस्थाको निगरानीका बिषयमा आयोगले आफ्नो ऐन र भ्रष्टाचार निवारण सम्बन्धि ऐन संसोधनको प्रस्ताव मन्त्री परिषदमा पु¥याएको घिमिरेले बताए । 

कार्यक्रममा आयोगका सचिव महेश्वर न्यौपानेले आफुहरु सरकारका सकारात्मक काममा बाधक नभएर साझेदारी गर्न तयार रहेको बताए । सुदूर पश्चिम प्रदेशका प्रमुख सचिव नारायण प्रशाद बिडारीले बर्तमान समयमा देखिएको भ्रष्टाचार न्यूनीकरणमा सबैको सहकार्य आवश्यक रहेको बताए । 

कार्यक्रमका सहभागीले पछिल्लो समय स्थानीय तहमा भ्रष्टाचार मौलाउदै गएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्थानीय तहसम्म पु¥याउन माग गरेका थिए । 

कार्यक्रममा सुदूर पश्चिमा हालसम्म दर्ता भएका उजुरीको बारेमा समेत जनाकारी गराइएको थियो । जस अनुसार सुदूर पश्चिममा आर्थिक बर्ष २०७०÷०७१ देखि चालु आर्थिक बर्षको असोज मसान्तसम्म दर्ता भएका ४ हजार २ सय ६६ उजुरी मध्ये ३ हजार ६ सय ४३ फछ्र्यौट भएको जनाइएको छ । हालसम्म सबैभन्दा बढी कैलालीबाट १ हजार २ सय १७ उजुरी अख्तियारमा दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्