धेरै सुत्नु फाइदा कि बेफाइदा ? हेर्नुहोस्



काठमाडौं । स्वस्थ जीवनशैलीको एउटा पक्ष भनेको उचित समयमा सुत्नु पनि हो। स्वस्थ जीवनशैली बिताउने हो भने राती चाडै सुत्ने र बिहान सबेरै उठ्ने गर्नुपर्छ ।

वयस्कहरूले पनि सरदर ८ घण्टा राती चाँडै सुत्ने र बिहान सबेरै उठ्ने गर्नुपर्छ । कतिपय व्यक्तिहरूको राती अबेर सुत्ने र बिहान ढिलो उठ्ने बानी पनि हुन्छ । यसरी सुत्ने बानी भएका कोही–केही अझ केही बेर भए पनि सुतौँ न, भन्ने स्वभावका पनि हुन्छन् भने कोही अझ ढिलो उठ्न खोज्ने किसिमका पनि हुन्छन् ।

यसरी ढिलो सुत्ने र बिहान अबेरसम्म निदाउने बानी भएका व्यक्तिहरूको शरीरमा विभिन्न किसिमका स्वास्थ्य समस्या हुने बढी सम्भावना हुन्छ । निन्द्रामा हुने यो असन्तुलनको कारण व्यक्तित्व र काम गर्ने क्षमतामा असर समेत पर्छ । त्यसैले हामीले राती अबेरसम्म जाग्ने र बिहान ढिलो समयसम्म सुत्दा स्वास्थ्यमा के कस्तो किसिमको समस्याहरू आउँछ यो विषयमा केही कुरा जानकारी दिँदै छौँ ।

मोटोपन हुने

लामो समय सुत्दा शरीरले कुनै किसिमको बाहिरी गतिविधि गर्न पाउँदैन । फेरी कतिपय व्यक्तिहरूको दैनिकी खाने, बस्ने र सुत्ने मात्र पनि हुन्छ । यस्तो व्यक्तिहरूमा मोटोपन हुने सम्भावना धेरै हुन्छ । धेरै बेर सुत्दा पाचन प्रक्रिया पनि सुस्त भइरहेको हुन्छ जसको कारण मोटोपन हुनुका साथै कब्जियतको समस्या पनि बढ्ने गर्छ । शरीरमा मोटोपन बढ्दै गएपछि निन्द्रा पनि बढी लाग्दै जान्छ र यसले शरीरमा थप समस्याहरू बढाउने गर्छ ।

मधुमेहको समस्या बढी

धेरै बेर सुत्दा शरीरको गतिविधि प्रायः हुँदैन । शरीरको गतिविधि नहुँदा मधुमेह हुने सम्भावना बढी हुने कुरा विभिन्न अध्ययनहरूले बताउने गरेको छ । त्यसैले वयस्क व्यक्तिहरूले ९ घण्टा भन्दा बढी सुत्ने बानी गर्दा उनीहरूको शरीरमा चिनीको मात्रा बढ्दै जान्छ र मधुमेह हुने सम्भावना पनि बढ्दै जान्छ ।

तनाव बढ्ने सम्भावना

आवश्यकता भन्दा बढी सुत्ने व्यक्तिमा डिप्रेसन हुने सम्भावना पनि प्रबल हुन्छ । हालै पिएलओएसमा प्रकाशित एक अध्ययन प्रतिवेदन अनुसार धेरै सुत्ने व्यक्तिमा मानसिक तनाव बढेको र कतिपय व्यक्तिहरूलाई डिप्रेसन समेत भएको पाइएको थियो । धेरै बेर सुत्दा शरीर सुस्त हुनुका साथै मानिसलाई काम गर्न जाँगर कम लाग्ने गरेको समेत पाइएको थियो ।

मुटु सम्बन्धी समस्या

अमेरिकन एकेडेमी अफ स्लिप मेडिसिन’ मा प्रकाशित एक अध्ययन अनुसार धेरै बेर सुत्ने व्यक्तिहरूमा मुटुको समस्या हुने बढी सम्भावना रहेको हुन्छ । उक्त अध्ययन अनुसार जो व्यक्ति ९ देखि ११ घण्टासम्म सुत्छ उनीहरूमा मुटुसँग सम्बन्धित समस्या हुने सम्भावना ३८ प्रतिशत बढी हुने उक्त अध्ययनमा देखिएको थियो ।

ढाड दुख्ने समस्या

यदि तपाई कुर्सीमा बसेर लामो समय काम गर्नुहुन्छ र लामो समय निदाउनु हुन्छ भने तपाईँलाई ढाड दुख्ने, गर्धन दुख्ने, कुम दुख्ने समस्या बढी हुने सम्भावना हुन्छ । एकै स्थानमा बसेर लामो समय काम गर्ने व्यक्तिहरूले झन् लामो समय निदाउनै हुँदैन ।

प्रतिक्रिया दिनुहोस्