घाँसे मैदानमा चिप्लिएको श्री एयरको जहाज बाहिर निकालियो



काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट धावनमार्ग जाने क्रममा घाँसे मैदानमा धसिएको श्री एयरलाइन्सको जहाजलाई बाहिर निकालिएको छ । मंगलबार बिहान उडान भर्ने क्रममा पाकिङ क्षेत्रमै एउटा चक्का घासे मैदानमा फस्न पुगेको थियो । विमानस्थलका कर्मचारी, एयरलाइन्सका कर्मचारीहरूले गल, गैँतीलगायत उपकरण प्रयोग गरी धसिएको पांग्रालाई माथि उठाएर बाहिर निकालेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

घाँसे मैदानबाट बाहिर निकालिएको उक्त जहाजको नेपाल नागरिक उड्डयन प्राधिकरण एवं श्री एयरलाइन्सका प्राविधिकहरूले चेकजाँच गरिररहेको तिवारीले बताए । ९ एन एएनएफ कलसाइनको क्यू ४००–८ जहाज मंगलबार काठमाडौंबाट नेपालगन्ज जाने क्रममा पार्किङ क्षेत्रमै चिप्लिएको थियो । उक्त जहाजमा चालक दलसहित ८० जना सवार थिए । जहाजमा कुनै क्षति नभए पनि ह्वील परिवर्तन गर्ने काम भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्