गोदावरी पुष्प मेला सकियो , ६२ लाख रुपैयाँको कारोबार



 

ललितपुर :  बाह्रौँ गोदावरी फूल प्रदर्शनी आइतबार सम्पन्न भएको छ। चार दिन सम्म चलेको मेलामा ४४ हजार ५ सय जनाले अवलोकन गरेको ६२ लाख रुपैंयाको कारोबार भएको आयोजकले जानकारी दिएको छ। 

 

तिहार नजिकिँदै गरेका कारण मेलामा अपेक्षाकृत बढी अवलोकनकर्ताले भ्रमण गरेको बताइएको छ। आइतबार मात्र साढे ११ लाख रुपैंयाको फूल बिक्री भएको मेलाको आयोजक फ्लोरीकल्चर एशोसिएशनले जनाएको छ। प्रदेश ३ को भूमिव्यवस्था, कृषितथा सहकारी मन्त्रालय र पुष्पविकास केन्द्रको सहयोगमा बिहीबारदेखि फ्लोरीकल्चर एसोसिएसनले मेला आयोजना गरेको हो। 

 

प्रदर्शनीमा ४ सय ५० भन्दा बढी जातका फूलका ४८ वटा कक्ष राखिएको थियो।

प्रतिक्रिया दिनुहोस्