पर्यटनको महत्व बोकेको पनौति नगरपालिका



काभ्रेपलाञ्चोक जिल्लाको पनौति नगरपालिकाले नगरपालिका घुम्ने स्थान र गर्न पाइने गतिविधिहरु सार्वजनिक गरेको छ ।

बुधवार नेपाल पर्यटन बोर्डमा नगरपालिका भित्र रहेका घुम्नै पर्ने स्थानहरुको पर्चा विमोचन गरेको हो । नगरपालिकाले आफ्नो नगरपालिका भित्र रहेका विभिन्न घुम्नै पर्ने स्थान र गर्न पाउने गतिविधिहरु सार्वजनिक गर्दै पनौति नगरपालिकामा पर्यटनको प्रवल सम्भावना भएको बताएको छ । मनोरम पहाड, खेत तथा हिमश्रृंखलाहरुको दृश्यले आगन्तुकहरुलाई आनन्द प्रदान गर्ने मनोरम स्थानहरु रहेको निस्कर्ष रहेको छ । साहसीक पर्यटनका लागि पनि पनौति उपर्युक्त स्थान रहेको भन्दै नगरपालिकाले पनौतिमा मनोरञ्जनात्मक कार्य गर्नको लागि प्याराग्लाडिङ, रक क्लाइम्बिङ जस्ता खेलहरु रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्