लुम्बिनी सरकारले तीन दिनसम्म प्रदेश स्थापना दिवस मनाउने 



बुटवल । लुम्बिनी प्रदेश सरकारले बिभिन्न कार्यक्रमसहित तीन दिनसम्म प्रदेश स्थापना दिवस मनाउने भएको छ। आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माका अनुसार फागुन १–३ सम्म प्रदेश स्थापना दिवस मनाउन लागिएको हो ।

प्रदेशको राजधानी दाङ तोकिएकाले सोही स्थानमा तीन दिनसम्म प्रदेश स्थापना दिवस मनाउन लागिएको हो । कोभिड सङ्क्रमणको जोखिम कायम रहेकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै प्रतिकात्मक रुपमा स्थापना दिवस मनाउने गरी प्रदेश सरकारले योजना बनाएको मन्त्री शर्माले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्