अब नागरिक एपबाटै सवारी कर र नवीकरण शुल्क तिर्न सकिने



काठमाडौं । अब नागरिक एपबाटै सवारी कर र नवीकरण शुल्क तिर्न सकिने भएको छ। फागुन १ गते आईतबार देखि बागमती प्रदेशमा दर्ता भएका सवारीसाधनको कर र नवीकरण शुल्क तिर्न सकिने भएको हो।

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले नागरिक एपबाट सवारी कर र नवीकरण गर्न सकिने गरी ईसेवा र खल्तीलाई अनुमति दिएको छ।

मन्त्रालयले राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आईएमई बैंकबाट हिसा मिलान गर्ने गरी इसेवा र खल्तीलाई सवारी कर र नवीकरण शुल्क संकलन गर्न स्वीकृति दिएको जनाएको छ।

शुरूमा बागमती प्रदेशबाट सवारीकर र नवीकरण शुल्क तिर्ने व्यवस्था भएपनि विस्तारै अन्य प्रदेश समेत थप्दै जाने नागरिक एपको योजना रहेको छ।

प्रतिक्रिया दिनुहोस्