निर्मला पन्तका बुबा अनशन बस्दै



 

कञ्चनपुर :  बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तका बुबा अनसन बस्दै निर्मला पन्तका बुबा यज्ञराज पन्तले न्यायका लागि दबाब दिन अनसन बस्ने बताएका छन् । 

 

आइतबार भीददत्त नगरपालिका –२ उल्टाखामस्थित निवासमा पत्रकार सम्मेलनको आयोजना गरी तिहार लगत्तै अनशन बस्ने घोषणा गरेका हुन् । उनले हत्या भएको सय दिन बितिसक्दा पनि हत्यारा पत्ता नलाग्दा झन् पीडा थपिएको बताए ।

 

'आज १०२ दिन बितिसक्यो । सरकारले हत्यारा सार्वजनिक गरेको छैन' र । उनले भने 'तिहारसम्म पर्खिन्छु , त्यसपछि अनशन बस्छु ।'

 

आजको नयाँ पत्रिका दैनिकमा यो समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्