यस्तो छ आजको राशिफल



काठमाडाैं । आजको पात्रोः १ फागुन २०७८ आइतबार । तदनुसार फेब्रुअरी १३ तारिक २०२२ । माघशुक्लपक्ष द्वादशी तिथि, बालव करण, आद्रा नक्षत्र, पित्री योग, चन्द्रमा मिथुन राशिमा रहेको छ । आज फागुन महिनाको पहिलो दिन अर्थात् संक्रान्ति हो । अब विस्तारै मौसम जाडोबाट गर्मी हुँदै जाने गर्दछ । 

आइतबारलाई आदित्यबार पनि भनिन्छ । त्यसैले आइतबार विहान सूर्यको नमस्कार गर्नु अति आवश्यक छ । आज बिहान ६ः४५ मा सूर्योदय हुनेछ भने १७ः५२ मा सूर्यास्त हुनेछ । आजको देवता विष्णु र ग्रहदेव बुध रहेको छ । आज बिहान ११ः५६ देखि १२ः४० सम्म अभिजित मुहूर्त रहेको छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशिका जातका लागि आजको दिन सूर्यनारायणका दर्शन निकै फलदायी हुनेछ । बिहानको उदाउँदो सूर्यको दर्शन र देवालयको दर्शन  गरेर काम शुरु गर्दा दिनभर उर्जा र कार्यसिद्ध हुने छ । आजको दिन व्यापार व्यवसायबाट तपाईंलाई लाभ  हुनेछ । परिवारबाट साथ सहयोग प्राप्त हुनेछ ।तपाईं

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

तपाईको लागि आजको दिन अनुकुल छ ।  मनमा मानसिक चिन्ता, असन्तुष्ठी हटेर जानेछ ।  तपाईंको लागि यात्राको लागि अवसर आउनसक्छ । धार्मिक क्षेत्रको यात्रा गर्नु वेश हुनेछ । तपाईंले सोचअनुसारको कार्य सफलता मिल्नेछ । आफूले विगतदेखि गर्दै आएको काममा सफलता मिल्नेछ । तपाईंको बोली र वाणीमा निकै प्रभाव पर्ने देखिन्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशिका जातकले आजको दिन शुभ रहेको छ । परिवारमा अनावश्यक विवाद हुन सक्छ । विहान सूर्योदयको दर्शन गरेर मात्र दिनको शुरुवात गर्नु राम्रो हुनेछ । व्यापार ब्यबसायमा लाभ मिल्नेछ । आफन्त र मित्रजनबाट साथ सहयोग प्राप्त हुनेछ । मनमा उत्साह र हौसला भरिने छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आफन्त र मित्रजनबाट साथ सहयोग प्राप्त हुनेछ । दाम्पत्यजीवनमा विवाद हुनसक्छ । स्त्रीबाट प्राप्त हुने सहयोगले तपाईको काममा सफलता मिल्नसक्छ । त्यसैले आजको दिन होसियारीपूर्वक कार्य गर्नुहोला । । आफूले गरिरहेको व्यापार व्यवसाय र कामबाट तपाईलाई हानी हुनसक्छ । धैर्यपूर्वक सोचविचार गरेर मात्र काम गर्नुभयो भने संकट हटाउन सक्नुहुनेछ । 

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

तपाईको मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले तपाईले सोचअनुसारका काम हुँदा हुने खुसीले तपाईको मनमा विजयप्राप्तिको खुसी छाउने छ । आफूले गरेको कार्य सफलताले मनमा उत्साह छाउने छ । तपाईको गरेको कामको प्रशंसा हुनेछ ।  त्यसैले आफूलाई धैर्यवान राख्नका लागि उपाय गर्नुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशिका जातका लागि  दाम्पत्य जीवनमा सुख, समृद्धिका लागि आइतवार भएकाले अर्थ लाभ हुनेछ । यात्राको लागि अवसर प्राप्त हुनेछ । आजको दिन शुरु गरेको यात्राले तपाईलाई नयाँ योजना बनाउनका लागि सहयोग गर्नेछ । रचनात्मक र कलाकारितामा मन जानेछ । तपाईलाई सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसियाली छाउने छ । अध्ययन अनुसन्धानको काममा लाग्नु भएको छ भने सफलता मिल्नेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तपाईको चाहना र इच्छाअनुसारको काम नहुँदा पारिवारिक तनावले गर्दा मनमा चिन्ता हुनसक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।  आजको दिन कसैसँग पनि विवाद हुने काम नगर्नुहोला । विवाद गर्दा तपाईमाथि अनेक आरोप लगाउन सक्छन् भने तपाईलाई हानी हुनसक्ने सम्भावना पनि रहन्छ । सन्तान र आफन्तजनबाट प्राप्त हुने सहयोगले तपाईलाई सफलता मिल्नेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

ब्यापार व्यवसायबाट सोचेभन्दा बढी धन लाभ हुने देखिन्छ । कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुहरुले समेत तपाईको कार्यप्रशसा गर्ने छन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ । आर्थिक कारोबार गर्दा भने अलिकति विचार गर्नुहोला ।  

 

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) 

तपाईलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्दा तपाईलाई साथ सहयोग हुनुक्छ । नजिकको मठ मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने तपाईलाई प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । 

मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

तपाइको लागि अध्ययन अध्यापनमा सफलता मिल्नेछ । रचनात्मक काम र कलाकारितामा कार्य गर्न खुसीयाली छाउने छ । तपाईले विगतदेखि गर्दै आएकोे काम भएपनि त्यसको सफलताका लागि एककदम अगाडि बढ्दा तपाईलाई लाभ हुनेछ । त्यसैले आजको दिन आफ्नो आम्दानीअनुसार दान दिनुभयो भने गरिवलाई केही खानेकुरा दिनुभयो भने मनमा आनन्द मिल्नेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

बिहान पहिले सूर्यनारायणको दर्शन गर्नुभयो भने दिन उत्तम वित्नेछ । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला । अर्थलाभ, मित्रहरुको साथ सहयोग र सोचअनुसार काम हुनेछ । आजको दिन कसैसँग विवाद हुने काम र कुरा नगर्नु नैं तपाईको लागि उत्तम हुनेछ  । सामाजिक काम र सकारात्मक सोच राख्नु पर्ने दिन हो आज ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

आइतबार संक्रान्ति पनि परेको छ । व्यापार व्यवसायबाट धनलाभ हुनेछ । आफन्त र मित्रजनहरुको साथ र सहयोग प्राप्त हुनेछ । अध्ययन अध्यापनमा नयाँ सफलता प्राप्त हुनेछ । लेखक, अध्यापकको लागि नयाँ बाटो खुल्नेछ । तपाईको समय निकै उत्तम रहेको छ । सोचअनुसारको काम अघि बढ्ने छ । बिहान सूर्यनारायणको दर्शन र जल अभिषेक गर्न नभुल्नुहोला ।

प्रतिक्रिया दिनुहोस्