जिप दुर्घटनामा एकको मृत्यु, दुई घाइते



जाजरकोट : रूकुमपश्चिमको सानीभेरी गाउँपालिका–११ अर्मापाखामा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–९ का ३१ वर्षीय जीवन भण्डारी रहेको प्रहरीले जनाएको छ।

यात्रु छाडेर फर्किने क्रममा ग१ज ४४५४ नम्बरको जिप सडकबाट करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए। आइतबार बिहान भएको दुर्घटना अन्य दुई जना घाइते भएका छन्।

घाइते हुनेमा सानीभेरी–३ का १९ वर्षीय समीर परियार र वडा नं १० का २९ वर्षीय तिलक खड्का रहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था सामान्य रहेको र उपचारका लागि चौरजहारी लगिएको छ।

प्रतिक्रिया दिनुहोस्