हेटौँडाबाट ५४ किलो गाँजासहित दुई पक्राउ 



हेटौँडा : मकवानपुर प्रहरीले पूर्व–पश्चिम राजमार्गस्थित हेटौँडा–१५ रातोमाटेबाट ५४ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको सिमरा उपमहानगरपालिका २ का  २८ वर्षीय रोहित श्रेष्ठ र भारत रक्सौलका ४४ वर्षीय संजय महतो रहेका छन्।

ट्रकमा फल्स बटम बनाई ल्याएको गाँजासहित उनीहरूलाई पक्राउ गरेको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताए। हेटौँडा १५ मनहरीबजारबाट गाँजा लोड गरेर वीरगञ्जतर्फ जाँदै गरेको ना ३ ख ५३४० नम्बरको ट्रकमा गाँजा बरामद गरेको हो। 

घटनाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्