विराटनगर आइपुग्यो रेल



मोरङ : विराटनगर–१८ बुधनगरका नवलकिशोर यादव आइतबार निकै खुसी देखिन्थे। यादवमात्रै होइन, बुधनगरका सबैजसो स्थानीय बिहानैदेखि कृषिकर्म छाडेर बुधनगरको भेडियारीमा जम्मा भएका थिए।

खेतमा पाकेको धान काट्न छाडेर भेडियारीमा जम्मा हुनुको एउटै कारण थियो, पहिलो पटक नेपाल आएको रेल हेर्नु । 

आठ किलो मिटर दूरी पार गरी आइतबार पहिलो पटक भेडियारीमा रेल आएको हो । भारतीय रेल्वेका कर्मचारी रेलमा बसेर आउँदा नेपाली भूमिमा स्थानीयले ताली बजाएर स्वागत गरेका थिए ।

अबको डेढ वर्षभित्र कटहरीसम्मै रेल पुग्ने अधिकारीहरुले बताएका छन् । आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्