मनोज गजुरेलले गरे दास्रो विवाह



काठमाडौँ : चर्चित हास्य कलाकार मनोज गजुरेलले विवाह गरेका छन् । गजुरेलले आज दोस्रो विवाह मञ्जु पोखरेलसँग गरेका हुन् । सामाजिक संजालमा एक लामो पोष्ट गर्दै गजुरेलले आफु वैवाहिक बन्धनमा बाधिएको जानकारी दिएका छन् । आज बिहान डोलेश्वर महादेव पुगेर परिवारको उपस्थितिमा विवाह गरेको उनले बताए । उनको ४ वर्ष अगाडि मीना ढकालसँग सम्बन्धविच्छेद भएको थियो । 

उनले जीवन सधैँ सरल रेखामा नहिंड्ने भन्दै पहिलो विवाह बन्दन टुटेको चार वर्षपछि पुनः विवाह गरेको स्पष्ट पारे । “लामो वैवाहिक जीवन ४ वर्षपहिले कानुनीरुपमा टुंगिएको कुरा यहाँहरुलाई विदितै छ । त्यसयता म मेरा छोरा र छोरीको एकल अभिभावक भएर बसिरहेको जानकारी पनि जगजाहेर नैतिकताको छ,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो ।

त्यसैगरी मेरा बाबु–नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनु पनि जरुरी थियो । यी दुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो । बाबु–नानीको आग्रह पनि यस्तै आउन थाल्यो ।” पोखरेल नेपाल सरकारको न्याय सेवाकी अधिकृत हुन् ।

प्रतिक्रिया दिनुहोस्