पोखराका मेयर जिसीद्वारा उपमेयरलाई कार्यवाहकको जिम्मेवारी



पोखरा : मस्तिष्कघात भएर उपचारपछि पोखरा फर्किएका मेयर मानबहादुर जिसीले उपमेयर मञ्जुदेवी गुरुङलाई कार्यवाहकको जिम्मेवारी दिएका छन् । गत साउन १ गते मस्तिष्कघात भएपछि काठमाडौँमा उपचार गराइरहेका उनी शनिबार पोखरा फर्किएका थिए ।

सोमबार कार्यालय पुगेका मेयर जिसीले कार्यकक्ष पुगेर दसैंको शुभकामना बाँड्दै कार्यवाहक प्रमुखको जिम्मेवारी उपमेयर गुरुङलाई दिएका हुन् । जिसी अझै पूर्ण रुपमा निको भइसकेका छैनन् । जिसीले आफू कार्यालय नआउँदासम्म कार्यवाहक प्रमुख भई दैनिक कार्य सञ्चालन गर्ने गरी लिखित रुपमा उपप्रमुख गुरुङलाई जिम्मेवारी दिएका हुन् ।

मेयर बिरामी भएको र उपमेयरलाई कार्यवाहक जिम्मेवारी नदिँदा बजेट कार्यान्वयन तथा सेवा प्रवाहमा समस्या परेको थियो

प्रतिक्रिया दिनुहोस्