साताको दोस्रो कारोबार दिन पनि घट्यो सेयर बजार



काठमाडौँ : साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा शून्य दशमलव ८७ प्रतिशतले घटेको छ । २ हजार ६६७.५९ विन्दुबाट शुरु भएको बजार २३.१९ अंकले घटेर २ हजार ६३९.३७ विन्दुमा पुगेर बन्द भएको छ ।

यस अवधिमा कारोबारमा आएका २१९ ओटा धितोपत्रको ९३ लाख १४ हजार ७८० कित्ता शेयरको ४४ हजार ४६२ पटकमा रू. ३ अर्ब ६३ करोड ९४ लाख ६८ हजार बराबरको शेयर खरीदविक्री भएको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ५.५६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६२ अंक घटेको छ ।

यस दिन कुल कारोबारमा आएका धितोपत्रमध्ये ग्लोबल आइएमई समुन्नत योजना–१ को इकाईमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये म्युचुअल फण्ड र लगानी समूहको परिसूचक ०.३८ र १.० शून्य ७ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो ।

प्रतिक्रिया दिनुहोस्