७ सय ८५ संक्रमित, १२ को मृत्यु



काठमाडौं । १२ हजार १ सय ९५ नमूना परीक्षणमा ७ सय ८५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ७ हजार २३३ नमूनाको पीसीआर र ४ हजार ९६२ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । जसमध्ये पीसीआर विधिबाट ६६३ र एन्टिजेन विधिबाट १२२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २४६ पुगेको हो । मन्त्रालयका अनुसार सोमबार थप ८ सय ८८ जना कोरोनामुक्त भएका छन् ।
कोरोनाका सक्रिय संक्रमितको संख्या १४ हजार ७८७ पुगेको छ । मन्त्रालयका अनुसार संक्रमित ३१४ जनाको भेन्टिलेटरमा र १११ जनाको आइसीयूमा उपचार भइरहेको छ । पछिल्लो २४ घन्टामा १२७५३२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्