बैंकिङ मुद्दाका फरार प्रतिवादी पक्राउ



लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय लमजुङले बेसीसहर नगरपालिका–३ गाउँसहरका वर्ष ६० वर्षीय गणेशबहादुर गोतामेलाई पक्राउ गरेको हो।

काठमाडौंमा लुकीछिपी बस्दै आएको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङको विशेष टोलीले खोजतलास गर्दा माघ २८ गते गोतामेलाई काठमाडौंको तार्केश्वर नगरपालिका–९ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

२०७८ वैशाख १२ गते निज गणेश गोतामेविरुद्धमा उच्च अदालत पाटनबाट मुद्दा फैसला भएको थियो। उनलाई पाँच लाख जरिवानासहित दुई दिन कैद फैसला भएको थियो। उक्त कैद तथा जरिवाना असुल गर्नका लागि लमजुङ प्रहरीले गोतामेलाई आइतबार जिल्ला अदालतमा पेस गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।

प्रतिक्रिया दिनुहोस्