सगरमाथाको काँखमा बलिउड अभिनेत्री



काठमाडौं । बलिउड अभिनेत्री परिणिती चोपडा यतिबेला नेपालमा छिन् । उनी बलिउड चलचित्र ‘उचाइ’ को छायांकनका लागि नेपाल आएकी हुन् । सुरज बडजात्याको निर्देशनमा बन्दै गरेको बलिउडको ठूलो प्राजेक्टमध्ये एक ‘उचाइ’ को अहिले नेपालको नाम्चे लगायत हिमाली भेगमा छायांकन जारी छ ।
छायांकनका लागि सोमबार टिमसँग नाम्चे पुगेकी परिणितीले सगरमाथालाई नियालेर आफू मन्त्रमुग्ध बनेको बताएकी छन् । केही टाढाबाट निलो आकाशमुनि हिँउले ढाकेको सगरमाथालाई नियाल्दै परिणिती लेख्छिन्, ‘शुभप्रभात सगरमाथा, तिमीले आज मलाई नम्रताको पाठ सिकायौ ।’
परिणितीका साथै अहिले कलाकार अनुपम खेर, बोमन इरानी निर्देशक बडजात्या लगायत करिब २०० को बलिउड टिम अहिले नेपालमा छन् । ३ अक्टोबरमा नेपाल आएका उनीहरू ४० दिन नेपालमा रहने छन् ।

प्रतिक्रिया दिनुहोस्