कामु प्रधानन्यायाधीश कार्कीले बोलाए सर्वोच्चको पूर्ण बैठक



काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा निलम्बित भएपछि कायममुकायम प्रधानन्यायाधीश बनेका दीपककुमार कार्कीले आज दिउँसो १ बजेका लागि सर्वोच्च अदालतको फुलकोर्ट (पूर्ण बैठक) बोलाएका छन् ।

बैठकमा प्रधानन्यायाधीश जबरालाई महाअभियोग लागेपछि विकसित घटनाक्रमबारे छलफल हुने बताइएको छ। जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएशन आन्दोलनरत बनेपछि दुई धारमा बाँडिएका न्यायाधीशहरु पनि आजको पूर्ण बैठकमा सहभागी हुने भएका छन् ।

हिजो महाअभियोगको प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा स्वतः निलम्बनमा परेपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्