भारतमा पछिल्लो २४ घण्टामा १६ हजार २१ जना कोरोना संक्रमित थपिए



काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा १६ हजार २१ जना कोरोना संक्रमित थपिएका छन् ।
‍ओल्डोमिटरको पछिल्लो विवरणअनुसार सो संख्या थपिएसँगै कुल संक्रमितको संख्या ३ करोड ४० लाख ५ सय पुगेको छ ।
यही अवधिमा २२ हजार ८५० जना संक्रमणमुक्त भएका छन् ।
यससँगै त्यहाँ कोरोना निको हुनेको संख्या ३ करोड ३३ लाख ३५ हजार ३०१ जना पुगेको छ ।
त्यहाँ थप २२९ जना संक्रमितको मृत्यु भएको छ ।
यससँगै कुल मृतकको संख्या ४ लाख ५१ हजार २२० जना पुगेको छ ।
भारतमा अहिले सकृय संक्रमितको संख्या २ लाख १३ हजार ९७९ छ ।

प्रतिक्रिया दिनुहोस्