सुत्केरीको मृत्युपछि डडेल्धुरा तनावग्रस्त



डडेल्धुरा : चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले डडेल्धुरा सदरमुकाममा प्रदर्शन गरेका छन्। तोडफोड पछि डडेलधुरा बजारमा गरेको चक्काजामका कारण सदरमुकाम तनावग्रस्त भएको छ।

अमरगढी नगरपालिका ६ छचोडाकी २६ वर्षीया गीता ताम्राकारको उपक्षेत्रीय अस्पताल डडेलधुरामा ज्यान गएपछि उनका आफन्त र गाउँलेले चिकित्सको लापरवाहीका कारण ज्यान गएको भन्दै आन्दोलित भएका हुन्।

दुई साता अघि शल्यक्रिया गरेर अस्पतालमा बच्चा जन्माएकी ताम्राकारलाई अत्यधिक रक्तस्राव भएपछि शुक्रबार अस्पताल ल्याइएको थियो। चिकित्सकले उपचार गर्दागर्दै उनको मृत्यु भएपछि शुक्रबार राति अस्पतालमा तोडफोड गरेका थिए।

सदरमुकामको तुफानडाँडा चोकमा मृतकका आफन्तले चक्काजाम गरेपछि पहाडी जिल्ला बझांग, दार्चुला र बैतडीबाट तराइका लागि हिँडेका धेरै यात्रु अलपत्र परेका छन्।प्रशासनले शुक्रबार राति नै सर्वपक्षीय बैठक गरि समस्या समाधान गर्ने प्रयास गरे पनि अहिलेसम्म समाधान हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्