राजविराज र जनकपुरमा उपेन्द्र यादवको पुत्ला दहन



राजविराज । राष्ट्रिय एकता अभियानले सप्तरीको राजविराज र धनुषाको जनकपुरमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन गरेको छ ।
राजविराजमा अभियानका अभियन्ता सञ्जय यादव र मनिष हिन्दुको नेतृत्वमा र जनकपुरमा अरुण यादव र सुनिल शाहको नेतृत्वमा अध्यक्ष यादवको पुत्ला दहन गरिएको हो ।
दुवै स्थानमा निकालिएको र्‍यालीमा प्रदर्शनकारीहरूले ‘चिनियाँ दलाल मुर्दावाद’, ‘उपेन्द्र यादव(प्रचण्डको दलाल’, ‘प्रदेश २ मा तिब्बतीकरण बन्द गर’, ‘प्रदेश २ मा इस्लामीकरण बन्द गर’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले प्रदेश २ सरकारले पाकिस्तानको इसारामा मदरसा विधेयक ल्याएको आरोप लगाएका छन्।
सबैको शिक्षाको लागि सामुदायिक विद्यालय भए पनि प्रदेश सरकारले मदरसा विधेयक ल्याउनु निन्दनीय रहेको उनले बताए ।
उनले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पाकिस्तानको इसारामा प्रदेश २ लाई तालिबान बनाउन खोजेको आरोप लगाउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्