सल्यानमा बाबुद्वारा छोराको हत्या



सल्यान । सल्यानमा बाबुले छोराको हत्या गरेका छन् ।
मासुको विषयलाई लिएर विवाद भएपछि जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका १० माझकाँडाका ५५ वर्षीय नीमबहादुर कवरले धाँरिलो हतियार (खुर्पा( प्रयोग गरी ३३ वर्षका छोरा रुपलाल कवरको हत्या गरेका हुन् ।
मंगलबार दिउँसो बाबुछोराबीच मासुको विषयमा सामान्य विवाद भएको र राति करिब १० बजे नीमबहादुरले घरमै छोराको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।
उनका अनुसार रुपलालको घटनास्थलमै मृत्यु भएको हो ।
मंगलबार दिउँसो राँगा काटेका बेला बाबु नीमबहादुरले आफूलाई कम मासु दिएको भन्दै रुपलालले झगडा गरेका थिए ।
राती रुपलाल मदिरा सेवन गरी बाबुको घरमा जाँदा धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ ।
अभियुक्त नीमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्